ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि बन्द गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष-सदर चिडियाखानाले एक सूचना जारी गर्दै विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न अर्को निर्णय नभएसम्म चिडियाखाना बन्द गरिएको जानकारी गराएको छ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएसँगै चिडियाखाना अवलोकनमा रोक लगाइएको सदर चिडियाखानाले जनाएको छ।
प्रकाशित मितिः २०७६ चैत्र ०७ शुक्रबार
Comments