भक्तपुर । भक्तपुरको दुई ठाउँबाट ९ जुवाडे पक्राउ परेका छन् ।प्रहरीले सूर्यबिनायक नगरपालिका–८ बस्ने नारायण गोपाल श्रेष्ठको नेवा किचन होटलबाट जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठलगायत ५ जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो ।
नगद ४६ हजार ७ सय ३० रुपैयाँ र ६ बुक ताससहित महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यसैगरी, भक्तपुर नगरपालिका–४ सुकुलढोका बस्ने शैलेन्द्र कुमार हालेयो जोशीको टिपिकल नेवारी खाजाबाट जुवातास खेलिरहेको अवस्थामा जोशी लगायत ४ जनालाई आइतबार राति पक्राउ गरेको हो ।
नगद ४२ हजार ८ सय २५ रुपैयाँ र ५ बुक तास सहित महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ माघ ७ मंगलबार
Comments