सर्लाही ।कविलासी नगरपालिका–८ मा आज बिहान ट्याक्टरको चक्काले किचेर एक जना भारतीयको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ३० वर्षिय पपु पासवान रहेको सर्लाही प्रहरीले जनाएको छ ।
बाराको गढीमाइ मेला पुगेर बिहान साढे ६ बजे सर्लाही तर्फ जाँदै गरेको भारतीय नम्बरको ट्याक्टरबाट खसेका उनलाई सोही ट्याक्टरको पछाडीको चक्काले किचेको थियो ।
प्रहरीका अनुसार ट्याक्टरको चक्काले किच्दा गम्भीर घाइते भएका उनलाई उपचारको लागि भारतको सितामढी लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । दुर्घटना पश्चात् फरार रहेका चालकको खोजी भइरहेको प्रहरी चौकी कविलासीले जनाएको छ ।
प्रकाशित मितिः२०७६ मंसिर १९ बिहीबार
Comments