काठमाडौं । प्राध्यापक डा गोविन्द केसी छातीको समस्याका कारण अस्पताल भर्ना भएका छन् । डा केसी आज बिहान ४ बजे त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् । छातीमा अत्याधिक दुखाईका कारण उनको शिक्षण अस्पतालको मनमोहन कार्डियो थोर्यासिक विभागको ईमर्जेन्सी विभागमा उपचार भइरहेको छ ।
केसीका सहयोगी डा अभिषेकराज सिंहका अनुसार उनको स्वास्थ्य जाँचका रिपोर्टहरु आउने क्रममा रहेको छ । रिपोर्ट आएपछि उनलाई भएको स्वास्थ्य समस्याबारे थाहा हुने बताइएको छ ।
प्रकाशित मितिः २०७५ मंसिर ३ सोमबार
Comments