काठमाडौं । चिकित्सा शिक्षा आयोगले सबै तहका एकीकृत प्रवेश परीक्षामा आवेदन दिन राष्ट्रिय परीचयपत्र अनिवार्य गरेको छ । आयोगले आगामी शैक्षिक सत्र २०८१ /०८२ देखि परिचयपत्र अनिवार्य गरेको हो ।
परीक्षामा सहभागी हुन तयारी गरेका विद्यार्थीलाई परिचयपत्र बनाउन आयोगले अनुरोध गरेको छ । यसअघि आयोगले नागरिकताका आधारमा परीक्षामा सहभागी गराउँदै आएको थियो ।
प्रकाशित मितिः २०८१ बैशाख १३ बिहिबार
Comments