काठमाडौं । नेपाल ‘ए’ र पाहुना टोली आयरल्यान्ड उल्भ्सबीचको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज भोलिबाट सुरु हुने भएको छ । नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपरान्ह १ बजेबाट सुरु हुने तालिका रहेको छ ।
यी दुई टोलीबीचको दोस्रो खेल शुक्रबार तथा तेस्रो खेल आइतबार हुने तय भएको छ । टी-ट्वान्टी सिरिजपछि दुवै टोलीबीच तीन खेलको एकदिवसीय सिरिज पनि हुनेछ । एकदिवसीय सिरिजका खेलहरू अप्रिल ३, ५ र ७ तारिखमा हुने तालिका छ ।
प्रकाशित मितिः २०८० चैत्र १४ बुधबार
Comments