काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पतालमा राखिने भएको छ । सोमबार बिहान पक्राउ परेका उनलाई सोमबारै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।
अदालतले उनलाई चार दिन हिरासतमा राख्न अनुमति पनि दिएको छ । हिरासतमा राख्न अनुमति दिएको अदालतले महरा बिरामी रहेको भन्दै अस्पताल भर्ना गर्नसमेत आदेश दिएको थियो । प्रहरीले अदालतबाट बाहिर ल्याउँदा महराले अस्वस्थताको लक्षण समेत देखाएका थिए । महराले हिँड्न नसकेको जस्तो छनक गरेपछि उनलाई प्रहरीले दुवैतिर समातेर गाडीमा राखेका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता होबिन्द्र बोगटीले उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा राखिने बताए ।
प्रकाशित मितिः २०८० चैत्र ५ सोमबार
Comments