काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन गरेका छन् । जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदले संयुक्त रूपमा पुस्तकालय उद्घाटन गरेका हुन् । आजै जयशंकरले भूकम्पपछिको पुनर्निर्माण परियोजना पनि उद्घाटन गर्नेछन् ।
हिजो नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै जयशंकरले उच्च राजनीतिक भेट गरेका थिए । उनी मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम छ ।
प्रकाशित मितिः २०८० पौष २० शुक्रबार
Comments