काठमाडौं । बुधबारदेखि काठमाडौं उपत्यकाका विभिन्न ३ सकडलाई वान वे (एकतर्फी) बनाइएको छ। कमलादी मोड–घण्टाघर, महेन्द्रशालिक–कृष्ण पाउरोटी र त्रिपुरेश्वरतर्फबाट काठमाडौं–ललितपुर जोड्ने सेतोपुल सडकखण्डहरूलाई एकतर्फी बनाइएको छ।
कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघरतर्फ सवारी साधन जान पाउनेछन् तर घण्टाघरबाट बाँया कमलादीमोडतर्फ भने आउन पाउने छैनन्। यस्तै महेन्द्र सालिकबाट सवारी साधन काठमाण्डौं प्लाजा हुँदै कृष्ण पाउरोटी चोकतर्फ आउन पाउनेछन् भने काठमाडौं प्लाजाबाट महेन्द्र सालिकतर्फ जान पाइनेछैन।
त्यस्तै,त्रिपुरेश्वरतर्फबाट काठमाडौं –ललितपुर जोड्ने सेतोपुल (नयाँ पुल) हुँदै गुसिङ्गाल निस्किने सडक एकतर्फी बनाइएको छ। त्रिपुरेश्वरबाट ललितपुरतिर जाँदा सरस्वती मार्ग मिलन टोल, नयाँ पुल हुँदै जानुपर्ने छ। ललितपुरतर्फबाट त्रिपुरेश्वरतिर आउँदा नयाँ पुल कटेर वायाँतर्फ मोडिएर आउनु पर्नेछ।
प्रकाशित मितिः २०८० कार्तिक ०१ बुधबार
Comments