काठमाडौं । दाङको भालुवाङमा आज बिहान बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । बसको ठक्करबाट कपिलवस्तु वाणगङ्गा नगरपालिका—४ घर भइ भालुवाङ पुल्चोक बजारमा व्यवसाय गर्दै आएका अन्दाजी २४ वर्षीय विजय खनालको ज्यान गएको हो ।
काठमाण्डौबाट सुर्खेतका लागि छुटेको ना ७ ख ५९७१ नम्बरको बसले बाटो पार गर्ने क्रममा खनाललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका खनालको उपचारका क्रममा भालुवाङ अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले जानकारी दिए । ठक्कर दिने बसका चालकलाई पक्राउ गरिएको उनले बताए ।
प्रकाशित मितिः २०८० असोज २४ बिहिबार
Comments