काठमाडौं । पछिल्लो २४ घन्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ लाख ५७ हजार ३४६ पुगेको छ ।
विभिन्न प्रयोगशालामा ९ सय ३८ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये २ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा २ जनामा र ६ सय ७० एन्टिजेन परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल २८ जना सक्रिय संक्रमित छन्।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ३१ पुगेको छ । आज थप ७ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ९१ हजार २५५ पुगेको छ ।
प्रकाशित मितिः २०८० जेठ १५ सोमबार
Comments