काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनका लागि शनिबार देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता हुँदैछ ।
उम्मेदवारी दर्ताका लागि क्याम्पसहरूमा शुक्रबार उत्साहजनक रूपमा मनोनयनपत्र वितरण भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
यस पटक स्ववियु निर्वाचन प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअनुसार हुँदै छ ।
त्रिविले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । साँझ ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यक्रम छ । स्ववियु निर्वाचनको मतदान ५ चैतमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।
१४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनका लागि उम्मेदवार बन्न २८ वर्षे उमेरहद लागू गरिएको छ ।
चैत ५ मा हुने निर्वाचनका लागि समितिले नमुना मतपत्र बनाएर क्याम्पसहरूमा समेत पठाइसकेको छ । ६२ आंगिक क्याम्पसमा १ लाख ६२ हजार मतदाता रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
प्रकाशित मितिः २०७९ फागुन २७ शनिबार
Comments