काठमाडौं । पछिल्लो २४ घन्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ लाख ५३ हजार ३१६ पुगेको छ ।
विभिन्न प्रयोगशालामा ६ सय ५३ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ३ सय २६ जनाको पीसीआर परीक्षण गर्दा ०४ जनामा र ३ सय २७ एन्टिजेन परीक्षण गर्दा ० जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल १८ जना सक्रिय संक्रमित छन्।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २० पुगेको छ । आज थप १ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८९ हजार ५८ पुगेको छ ।
प्रकाशित मितिः२०७९ माघ १५ आइतबार
Comments