काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २६ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी २५ जना संक्रमित र ललितपुरमा १ संक्रमित थपिएका छन् । भक्तपुरमा भने आज नयाँ संक्रमित थपिएका छैनन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ सय ३४ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ४ सय ४२ , भक्तपुर जिल्लामा ४५ र ललितपुर जिल्लामा ३ सय ४७ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५० पुगेको छ । आज थप १ सय ४८ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।३ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६१ हजार २ सय १८ पुगेको छ ।
प्रकाशित मितिः २०७८ फागुन ३० सोमबार
Comments