काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २१ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी १५ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा २ र ललितपुरमा ४ संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ सय ५४ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ४ सय ४२ , भक्तपुर जिल्लामा ५३ र ललितपुर जिल्लामा ३ सय ५९ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५० पुगेको छ । आज थप १ सय ८९ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.२ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६० हजार ६ सय ८६ पुगेको छ ।
प्रकाशित मितिः २०७८ फागुन २७ शुक्रबार
Comments