काठमाडौं । मौसममा खराबी आएका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ । बिहानको समयमा मौसममा कम भिजिविलिटीका कारण काठमाडौं, पोखरा, नेपालगञ्ज, सुर्खेत र तुम्लिङटारबाहेक अन्य विमानस्थलमा हवाई सेवा प्रभावित भएको हो ।
कम भिजिविलिटीका कारण आफ्नो उडान प्रभावित भएको बुद्ध एयरले सूचना जारी गरेर जनाएको छ ।
काठमाडौंलगायत देशभर आकाशमा बिहानैदेखि तुवाँलो लागेको छ । मौसम पूर्वानुमान महाशाखाले पनि वर्षा र हिमपातको सम्भावनाले चिसो थप बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्रकाशित मितिः २०७८ माघ ०६ बिहिबार
Comments