काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३ सय ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ८ लाख ९८ हजार ३९९ पुगेको छ ।
विभिन्न प्रयोगशालामा ८ हजार ७७ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ६ हजार ९६६ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ८५ र १ हजार १११ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ सय ८४ पुगेको छ। आज थप ६ सय ८० जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.०७ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ८१ हजार ४५६ पुगेको छ ।
प्रकाशित मितिः २०७८ असोज ३१ आइतबार
Comments