बुटवल । अविरल वर्षाका कारण घर भत्किँदा पाल्पाको तानसेनमा एक बालिकाको मृत्यु भएको छ । तानसेन नगरपालिका ५ कैलाशनगर बस्ने नारायण दर्जीको १० वर्षिय छोरी नैना दर्जीको मृत्यु भएको हो।
आफ्नै घरमा सुतिरहेको अवस्थामा कच्ची घर भत्किँदा उनी च्यापिएकी थिइन् । उपचारको लागि मिसन अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए।
प्रकाशित मितिः २०७८ भदौ १३ आइतबार
Comments