काठमाडौं । सर्लाहीमा करेन्ट लागेर एकजना पुरुषको मृत्यु भएको छ।
आइतबार विहान करिब १० बजे कल चलाउन जाँदा करेन्ट लागेर ५० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
मृत्यु हुनेमा जिल्लाको चन्द्रनगर गाउँपालिका वडा नं. ६ का नागेश्वर मण्डल रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
मण्डल आफ्नै घरमा कल चलाउन जाँदा त्यसमा लागेको मोटरको तार सर्ट भइ करेन्ट प्रवाह हुँदा उनी घाइते भएका थिए। उपचारको लागि जिल्ला अस्पताल सर्लाहीमा लगेकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
शव पोष्टमार्टमका लागि अस्पतालमै रहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बुढाथोकीले जानकारी दिए।
प्रकाशित मितिः २०७८ भाद्र १३ आइतबार
Comments