काठमाडौं । काठमाडौँ उपत्यामा मात्रै हालसम्म ३० हजार बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयको बुधबारको तथ्यांक अनुसार काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा गरी ३० हजार १५५ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
पछिल्लो विवरण अनुसार काठमाडौँमा मात्रै सक्रिय संक्रमितको संख्यामा २२ हजार ८०८ रहेको छ । यसैगरी काठमाडौँमा हालसम्म निको भएकाहरुको संख्या १ लाख ९ हजार ६९३ रहेको छ भने ८०३ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म काठमाडौँमा मात्रै कोरोना संक्रमितको संख्या १ लाख ३३ हजार ३०४ पुगेको छ ।
मन्त्रालयको तथ्यांक
प्रकाशित मितिः २०७८ बैशाख २२ बुधबार
Comments