काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ हजार ८९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार संक्रमितमध्ये भक्तपुरमा ५१३ , ललितपुरमा ६०१ र काठमाडौंमा २७७९ जना रहेका छन् ।
गत २४ घण्टामा १६ हजार १३१ जनाको पिसिआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २५ लाख ३७ हजार २९५ पुग्दा नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ जना रहेको छ । त्यस्तै, यो अवधिमा १७ सय ७५ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको दर ८१ दशमलव ९९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मितिः २०७८ बैशाख २१ मंगलबार
Comments