काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय १७ जना रहेको छ ।
पछिल्लो २४ घन्टामा नयाँ संक्रमित ७ हजार ५ सय ८७ जना थपिएका छन् । आज १७ सय ७५ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म ३ लाख ५१ हजार ५ संक्रमित भएपनि २ लाख ८७ हजार ७ सय ९० जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ५९ हजार ७ सय ९८ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा थप १६ हजार १३१ जनाको पिसिआर परीक्षण गरेसंगै आजसम्म २५ लाख ३७ हजार २९५ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको संख्या २५३ रहेको छ ।
प्रकाशित मितिः २०७८ बैशाख २१ मंगलबार
Comments