भक्तपुर, १७ असार । वागीश्वरी माध्यमिक विद्यालयबाट २०७४ सालमा एसईई परीक्षा दिई उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाई तथा मार्गनिर्देशन कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै वागीश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले विद्यालय आउनु मात्र प्रमाणपत्र प्राप्त गर्नको लागि नभई असल नागरिक बन्नको लागि भएको बताए ।
उनले शैक्षिक विषयस“ग सम्बन्धित भक्तपुर नगरपालिकाले पारित गरेका विभिन्न निति तथा कार्यक्रमबारे विद्यार्थीहरुलाई जानकारी दिंदै विद्यार्थीहरुलाई अत्यावश्यक सरकारी प्रशासनिक प्रक्रियाबारे बताए ।
विद्यालयका पूर्व प्रधानाध्यापक मोहनप्रसाद प्रजापतिले वागीश्वरी माविको वर्तमान अवस्था विगतदेखि गर्दै आएको निरन्तर मिहिनेतको परिणाम भएको स्पष्ट पारे ।
विद्यालयका शिक्षक प्रा.डा. सिद्धिवीर कर्माचार्यले सबै विषय विज्ञान भएको स्पष्ट पार्दै विद्यार्थीहरुको मिहिनेतले नै अगाडि बढ्न सफल हुने स्पष्ट पारे ।
त्रिभुवन विश्वविद्यालयको अङ्ग्रेजी विभागका प्राध्यापक महेश पौडेलले देशभरका सरकारी विद्यालयहरु राम्रो नभएसम्म देश अगाडि बढ्न नसक्ने बताए ।
Comments