काठमाडौं । स्पेनको पूर्वी भागमा ग्लोरिया आँधीका कारण नौजनाको मृत्यु भएको छ भने चारजना हराइरहेका छन् । आँधीका कारण चर्को हावा, मुसलधारे वर्षा, हिमपात र विशाल लहर आइरहेका छन् ।
आँधीका कारण तार्रागोना क्षेत्रमा दुई लाख २० हजार मानिसले मंगलवार विद्युत् कटौती सहनुपरेको थियो । बुधवार आँधीले दिशा परिवर्तन गरेको भए पनि उत्तरपूर्वी र बेलीएरिक क्षेत्रहरूमा सतर्कता अपनाइएको छ ।
बुधवार भ्यालेन्सियाको कार्काइसेन्टमा अत्यधिक जाडोका कारण एक पुरुषको मृत्यु भएको छ भने आलिकान्ते प्रान्तमा घर लडेर एक महिलाको मृत्यु भएको छ । ठूलठूला असिना परेर एक कृषक ग्रीनहाउसमा फसेपछि त्यहीँ ज्यान गुमाउन पुगेका थिए भने बेनिडोर्मबाट केही माइल पर बाढीग्रस्त क्षेत्रमा मृत फेला पारेका थिए ।
ग्लोरियाले आइतवार र मंगलवारका बीचमा पाँच अन्यको ज्यान लिएको छ ।
प्रकाशित मितिः २०७६ माघ ०९ बिहीबार
Comments