काठमाडौं । अष्ट्रेलियाको प्रधानमन्त्रीमा फेरि पनि स्कट मोरिसन निर्वाचित भएका छन् । प्रधानमन्त्री मोरिसनले फेरि पनि आफूलाई नै विजयी बनाएको भन्दै मतदातालाई धन्यवाद समेत दिएका छन् ।
शनिबारको अनपेक्षित निर्वाचन परिणामसँगै अष्ट्रेलियाको विपक्षी दल लेबर पार्टीका नेता विल सर्टनले पराजयको जिम्मेवारी लिँदै पार्टी नेतृत्वबाट राजिनामा दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।
चुनावको अन्तिम परिणाम आउन भने अझै बाँकी छ । तर ७० प्रतिशत मत गणना सकिँदा गठन्बन स्कट मोरिसनको जित पक्का भएको छ । बहुमतका लागि ७६ सिट आवश्यक पर्दछ । मोरिसन अझै ७४ सिटमा अगाडि छन् । यसैगरी लेबर पार्टी ६६ सिटमा अगाडि छ । एजेन्सी
प्रकाशित मितिः २०७६ जेठ ५ आइतबार
Comments