काठमाडौं । चिनियाँ सरकारले प्रतिबन्धहरु फिर्ता लिन अमेरिकालाई आग्रह गर्दै अन्यथा त्यसबाट आउने परिणामहरुको सामना गर्न चेतावनी दिएको छ । ट्रम्प प्रशासनले बेइजिङलाई रुसी सैन्य उपकरण खरिद गरेको भन्दै सजाय दिने घोषणा गरेपछि चीनले जनाएको आक्रोशपूर्ण प्रतिक्रियामा रुसले पनि स्वर मिलाएको छ ।
अमेरिकाले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा मस्कोले हस्तक्षेप गरेको भन्दै सजायस्वरुप यदि कसैले रुसी सैन्य उपकरण खरिद गरे त्यसविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो । बीबीसी चीनस्थित संवाददाता स्टीभन म्याक्डोनलका अनुसार यसै कारण चीनको जनमुक्ति सेनाको खरिद शाखाले नयाँ अमेरिकी प्रतिबन्धको सामना गर्नु परेको छ ।चीनिया सेनाले सुखोइ लडाकु विमान र रुसी क्षेप्यास्त्र उपकरण खरिद गरेपछि अमेरिकाले उक्त कदम उठाएको हो ।
उक्त चिनियाँ विभाग र त्यसका निर्देशक लि साङफुलाई अमेरिकामा निर्यात इजाजत पत्रको लागि आवेदन दिन वा अमेरिकी वित्तीय प्रणालीमा सहभागी हुनबाट रोक लगाइएको छ । चीनले हालै दशवटा रुसी सुखोइ लडाकु विमान र क्षेप्यास्त्र खरिद गरेको थियो । रुसले पनि चिनियाँ सेनाविरुद्धको प्रतिबन्धको आलोचना गरेको छ । विदेशमन्त्री शर्गेइ लाभ्रोभले अमेरिकी कदमलाई एउटा अर्को अस्वस्थ प्रतिष्पर्धा भने ।
विदेशमन्त्रालयकै अर्का अधिकारीले भने अमेरिकाले रुस र अमेरिकी सम्बन्धलाई बढाएर विश्व स्थायित्वलाई बेवास्ता गरेको बताउँदै चेतावनी दिएका छन् ।उनले भने, अमेरिका आगोसँग खेलाची गर्दैछ । बीबीसी
प्रकाशित मितिः २०७५ असोज ६ शुनिवार
Comments