काठमाडौं । अफगानिस्तान र यूएईबीचको तेस्रो तथा निर्णायक टी–२० खेल आज हुँदैछ । यो खेल नेपाली समय अनुसार बेलुका सवा सात बजे यूएईको शारजाहमा शुरु हुनेछ । तीन खेलको शृङ्खलामा एक/एकको बराबरी भएकाे छ ।
पहिलो खेलमा अफगानिस्तानले यूएईलाई ७२ रनले हराएको थियो भने दोस्रो खेलमा अफगानिस्तान ११ रनले पराजित भएको थियो । आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ ।
प्रकाशित मितिः २०८० पौष १७ मंगलबार
Comments