काठमाडौं । चीन तालिबान सत्तामा आएपछि अफगानिस्तानका लागि राजदूत नियुक्त गर्ने पहिलो राष्ट्र बनेको छ । सन् २०२१ मा अमेरिकी सेना अफगानिस्तानबाट स्वदेश फर्किएसँगै तालिबान लडाकुले घातक हमला गर्दै त्यहाँको असरफ गनी सरकार अपदस्त गरिदिएको थियो ।
त्यसपछि अफगानिस्तानमा विदेशी दूतावास बन्द भएका थिए । तालिबानका अनुसार चीनका झाओ जिङ अफगानिस्तानको नयाँ राजदूत नियुक्त भएका छन् । तालिबानले चिनियाँ कार्य अफगानिस्तानसँग सम्बन्ध स्थापित गर्न चाहने अन्य राष्ट्रका लागि उदाहरण भएको बताएको छ । तालिबान सत्तामा फर्किएपछि विश्वका कयौँ राष्ट्रहरूले अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिएका छैनन् ।
तालिबानले अफगानी महिला अधिकार कुण्ठित गरेको र मानवअधिकार उल्लंघन गरेको आरोप लागिरहन्छ । तालिबानसँग सम्बन्ध स्थापित गरेको विषयमा चीनको विदेश मन्त्रालयले बुधबार भनेको छ, ‘अफगानिस्तानसँग हामी छलफल र सहयोग बढाउन चाहन्छौँ । हाम्रो नीति स्पष्ट छ ।’ बीबीसी
प्रकाशित मितिः २०८० भदौ २८ बिहिबार
Comments