काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले फ्रान्सेली स्ट्राइकर क्रिस्टोफर एनकुनकुलाई अनुबन्ध गरेको छ । चेल्सीले जर्मन क्लब आरबी लाइपजिगबाट स्ट्राइकर एनकुनकुलाई अनुबन्ध गरेको छ ।
चेल्सीले एनकुनकुलाई ५२ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । २५ वर्षीय स्ट्राइकरले गत सिजन बुन्डेसलिगामा २५ खेल खेल्दै १६ गोल गरेका थिए । फ्रान्सका लागि एनकुनकुले १० खेल खेलेका छन् । एजेन्सी
प्रकाशित मितिः २०८० असार ०५ मंगलबार
Comments