काठमाडौं । इटालियन सिरी ए फुटबलको च्याम्पियन नापोलीले सिजनको अन्तिम खेलमा जित निकालेको छ । साम्पडोरियालाई २-० गोल अन्तरले हराउँदै नापोलीले सिजनको सुखद अन्त्य गरेको हो । नापोलीलाई जित दिलाउन भिक्टर ओसिम्हेन र जियोभानी सिमोनले एक एक गोल गरे ।
खेलको ६४ औं मिनेटमा भिक्टरले पेनाल्टीमार्फत गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८५ औं मिनेटमा जियोभानीले गोल गर्दै नापोलीलाई २-० को जित दिलाए । जितपछि नापोलीलाई उपाधि ट्रफी प्रदान गरिएको थियो ।
नापोलीले ३३ वर्षपछि सिरी ए लिगको उपाधि जितेको हो । यस अघि नापोलीले १९९० मा सिरी ए उपाधि जितेको थियो । यस जितसँगै नापोलीले ३८ खेलमा ९० अंक जोड्यो । साम्पडोरिया १९ अंक जोडेर पुछारमा रहदै रेलिगेसनमा परेको छ । एजेन्सी
प्रकाशित मितिः २०८० जेठ २२ सोमबार
Comments