काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जेमाले क्लब छाड्ने भएका छन् । बेन्जेमाले सिजनको अन्त्यमा क्लब छाड्ने रियल मड्रिडले पुष्टि गरेको गोल डटकमले जनाएको छ । सिजनको अन्त्यमा उनको क्लबसँगको सम्झौता पनि सकिनेछ ।
बेन्जेमालाई साउदी अरेबियाबाट प्रस्ताव आएको दाबी गरिएको छ । यस हप्ताको सुरुमा बेन्जिमाले अल इतिहाद जाने योजना बनाएका बताइएको थियो । उनलाई अल इतिहादबाट दुई वर्षका लागि ४३९ मिलियन डलरको प्रस्ताव आएको बताइएको थियो ।
बेन्जेमाको बिदाइ समारोहमा मङ्गलवार विशेष कार्यक्रम राखिएको क्लबले जनाएको छ । त्यस कार्यक्रममा क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेज पनि उपस्थित हुने बताइएको छ ।
बेन्जेमाले सन् २००९ मा रियल मड्रिडमा आबद्ध भएका थियो । उनी रियलबाट सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो नम्बरमा छन् । उनले तीन सय ५३ गोल गरेका छन् । रियलबाट सर्वाधिक गोलकर्ता क्रिन्टियानो रोनाल्डोले चार सय ५० गोल गरेका छन् । बेन्जेमाले ला लिगा चार पटक, च्याम्पियन्स पाँच पटक र सन् २०२२ मा बालेन जिओर जितेका छन् । एजेन्सी
प्रकाशित मितिः २०८० जेठ २१ आइतबार
Comments