एजेन्सी, ७ असार । साउदी राजा सालमनले भतिज मोहमद बिन नायफलाई हटाएर आफ्ना छोरा मोहमद बिन सालमनलाई साउदी अरेबियाको युवराजा घोषणा गरेका छन् ।
साउदी प्रेस एजेन्सीले आज साउदी अरेबियाली राजदरबारबाट प्रकाशन गरेको सूचनालाई उद्धृतगर्दै दिएको समाचारमा सो विषय उल्लेख गरिएको छ ।
३१ वर्षका मोहमद युवराजका साथै उपप्रधानमन्त्री तथा रक्षामन्त्रीमा पनि नियुक्त गरिएको सो सूचनामा जनाइएको छ ।
५७ वर्षका मोहम्मद बिन नायफलाई आन्तरिक सुरक्षा मामिला प्रमुख पदबाट पनि हटाइएको साउदी अरेबियाको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
८१ वर्षका राजा सलमानले सन् २०१५ को जनवरीमा तत्कालिन राजा उनका सौतेनी दाइ अब्दुल्लाह बिन अब्दुल अजिजको निधन भएपछि सत्ता सम्हालेका हुन् । लगतै उनले मोहम्मद बिन नायफलाई युवराज घोषणा गरेका थिए ।
भतिजलाई हटाएर छोरालाई बनाए युवराज
0
Share.
Comments