काठमाडौं । भारतले आयोजना गर्ने १४ औँ संस्करणको साफ च्याम्पियनसीप फुटबलमा कुवेतले पनि सहभागिता जनाउने सुनिश्चित भएको छ । साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले बुधबार साफ च्याम्पियनसीपमा कुवेतको सहभागिता हुने जनाएको हो ।
भारतले जुन २१ देखि जुलाई ३ सम्म बेंग्लुरुमा साफ च्याम्पियनसीप आयोजना गर्दैछ । साफले यसअघि नै भारतमा हुने च्याम्पियनसीपका लागि साफ बाहिरका एक वा दुई टिमलाई बोलाउने योजना अघि सारेको थियो ।
फिफा वरीयतामा कुवेत १ सय ४३ औँ स्थानमा रहेको छ । साफ खेल्ने राष्ट्रमध्ये भारतमात्र कुवेत भन्दा माथि रहेको छ । भारत १ सय १ औँ वरीयतामा रहेको छ । च्याम्पियनसीपमा नेपाल, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र भुटानको पनि सहभागिता रहनेछ ।
प्रकाशित मितिः २०८० बैशाख २० बुधबार
Comments