काठमाडौं । विश्वकप फुटबल अन्तर्गत आज भएको पहिलो खेलमा साउदी अरेबियाले विजयी सुरुवात गरेको छ। यसपटकको उपाधी दाबेदार मानिएको अर्जेन्टिनालाई साउदीले २-१ गोल अन्तरले पराजित गरेको हो।
खेलको पहिलो हाफमा मेस्सीले पेनाल्टीमा गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा साउदीले दुई गोल गरेको हो।
प्रकाशित मितिः २०७९ मंसिर ०६ मंगलबार
Comments