काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को पहिलो खेलमा साउदी अरबले अर्जेज्टिनाविरुद्ध २–१ गोलको अग्रता लिएको छ । लुसाइल रंगाशालामा जारी खेलको पहिलो हाफमा मेसीको गोलमा अग्रता लिएको अर्जेन्टिनाले जारी खेलको दोस्रो हाफमा अग्रता बचाईँरान नसक्दा पाँच मिनेटको अन्तरमा दुई गोल खायो ।
खेलको ४८औं मिनेटमा साउदीका फरवार्ड सालेश एन्हेरीले साउदीका लागि बराबरी गोल फर्काएका थिए । मिडफिल्डर सालिम अल्लावासरीले गोल गर्दै साउदीलाई अर्जेज्टिनाविरुद्ध २–१ को अग्रता दिलाए ।
प्रकाशित मितिः २०७९ मंसिर ०६ मंगलबार
Comments