काठमाडौं । विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिना र साउदी अरेबियाबीच जारी खेलमा अर्जेन्टिनाले १०औँ मिनेटमानै अग्रता बनाएको छ।
साउदी अरेबियाका खेलाडीले फल गरेपछि भिएआरको सहयोगमा अर्जेन्टिनालाई पेनाल्टीको मौका दिएको थियो। जहाँ लियोनेल मेस्सीले सहज रुपमा गोलमा परिणत गर्दै खेलमा १–० को अग्रता बनाए।
मेस्सीले चौंथो फरक विश्वकपमा पहिलो हाफमा नै गोल गर्ने खेलाडीको कीर्तिमानसमेत बनाए।
प्रकाशित मितिः २०७९ मंसिर ०६ मंगलबार
Comments