काठमाडौं । नोबेल पुरस्कार विजेता मलाला युसूफजई वैवाहिक बन्धनमा बाधिएकी छन् । मलालाले ब्रिटेनको बर्मिघम शहरमा असर मल्लिकसँग विवाह गरेकी हुन् । २४ बर्षिय पाकिस्तानी अभियानकर्ता मलालाले आफ्नो विवाहको दिनलाई जीवनको मुल्यवान दिन भएको बताएकी छन् ।
मलालाले मंगलबार आफ्नो परिवारका साथ छोटो समारोहमा विवाह गरेकी हुन् । मलालाका पति असर मल्लिक पाकिस्तानी क्रिकेट बोर्ड अन्तर्गतको नेशनल हाइ परफरमेन्स सेन्टरमा जनरल म्यानेजर रहेका छन् ।
२०१२ को अक्टोबरमा पाकिस्तानको खैबर पख्तूनख्वाह प्रान्तमा तालिबानले गरेको हमलामा उनी घाइते भएकी थिइन् । मलालाले छात्राका लागि शिक्षाको अधिकार दिन अवाज उठाउदै आएको भन्दै तालिबानले हमला गरेको थियो । सो घटनापछि उनलाई उपचारका लागि ब्रिटेन पठाइएको थियो ।
त्यति बेला १५ बर्षिय मलाला त्यसपछि ब्रिटेनमै रहदै आएकी छन् । मलालालाई २०१४ मा १७ बर्षको उमेरमा नोबेल पुरस्कार दिइएको थियो । उनी विश्वकी कम उमेरमा नोबेल पुरस्कार विजेता हुन् । एजेन्सी
प्रकाशित मितिः २०७८ कार्तिक २४ बुधबार
Comments