काठमाडौं । भारतको मध्य प्रदेश राज्यस्थित भोपालमा अवस्थित कमला नेहरु बाल अस्पतालमा भीषण आगलागी भएको छ । आगलागीमा परि ४ नवजात शिशुको मृत्यु भएको छ भने ३६ शिशुको उद्धार गरिएको छ ।
आगलागी सोमबार राति १२ बजे भएको थियो । आगलागीको ठोस कारण खुल्न नसकेपनि विद्युतीय तार सर्ट हुँदा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागी अस्पतालका नर्स र डाक्टरले नै गरेको हुनसक्ने भन्दै पीडित परिवार आक्रोसित बनेको भारतीय सञ्चारमाध्यममा खबर छ ।
मध्ये प्रदेशका मुख्य मन्त्री सिवराज सिंह चौहानले सो घटना दुस्खद भएको बताउँदै पीडित परिवारलाई जनही ४ लाख भारु दिने घोषणा गरेका छन् । यसअघि गत आइतबार महाराष्ट्र राज्यको अस्पतालमा आगलागी हुँदा कोभिड आइसीयुमा उपचाररत ११ बिरामीको मृत्यु भएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ कार्तिक २३ मंगलबार
Comments