काठमाडौं । भारतको हरियाणास्थित सोनीपतमा एक पुरुषको हत्या भयो । विहारको भवानीपुरमा बस्ने रामबालक यादवको हत्या २४ अक्टुवरमा भएको थियो । बिहार प्रहरीका अनुसार, रामबालकको हत्या पत्नी गुलाबी देवी र उनका प्रेमी विजय यादवले मिलेर गरेका थिए ।
उनीहरूले हत्यापश्चात रामबालकको शव गाउँको एक झाडीमा लुकाएका थिए । त्यसपछि गुलाबी देवी र प्रेमी यादव बिहार भागेको प्रहरीले जनाएको छ । त्यसपछि मृतकको परिवारले उजुरी गरेपछि प्रहरीले गुलाबी देवी र विजय यादवमाथि अनुसन्धान अगाडि बढाएको थियो ।
अनुसन्धानकै क्रममा गुलाबी देवीले प्रेमी यादवसँग मिलेर पति रामबालकको हत्या गरेको स्विकार गरेको प्रहरीले बताएको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ कार्तिक २२ सोमबार
Comments