काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोसले गत साता मात्रै ३.३ अर्ब अमेरिकी डलर बराबरको अमेजनकोे सेयर बिक्री गरेका छन् । बेजोसले गत साताको सुरुवातमा २ अर्ब डलर बराबरको ‘अमेजन स्टक’ बिक्री गरेकामा शुक्रबार मात्रै १.३ अर्ब अमेरिकी डलर बराबरको बिक्री थप गरेका हुन् ।
विश्वको दोस्रो धनी व्यक्तिसमेत रहेका बेजोसले पूर्वनिर्धारित भाउमा गत साता कुल ३ लाख ९१ हजार ५५० कित्ता सेयर बिक्री गरेको सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसनले जनाएको छ । यस वर्ष मात्रै बजोसले ९.९ अर्ब डलरको ‘अमेजन डट कम’ को सेयर बिक्री गरिसकेका छन् ।
बजोससँग अमेजनको १०% सेयर स्वामित्व रहेको छ । बजोसले वातावरण संरक्षणका लागि काम गर्ने ‘बेजोस अर्थ फन्ड’ लाई सहयोग पुर्याउन अमेजनको सेयर बेचेको बताइएको छ । बेजोसले गत वर्ष उक्त फन्ड स्थापना गरेका हुन् ।
प्रकाशित मितिः २०७८ कार्तिक २१ आइतबार
Comments