काठमाडौं । अमेरिकी प्रशासनले कोरोना विरुद्धको खोप लगाउने मानिसलाई सय डलर दिने घोषणा गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि नियन्त्रणका लागि यस्तो घोषणा गरेको हो ।
पछिल्लो समयमा अमेरिकी नागरिकले खोप लगाउनका लागि आनाकानी गर्दै आइरहेका छन् । खोप लगाएवापत रकम प्राप्त गर्नका लागि खोप लगाएको प्रमाणपत्र देखाउनुपर्नेछ ।
हालसम्म अमेरिकामा ५७.१ प्रतिशत अमेरिकीले मात्र पुरा डोज खोप लगाएका छन् । जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म अमेरिकामा ६ लाख १२ हजार १०५ जनाले ज्यान गुमाएका छन् भने ३ करोड ४७ लाख ४५ हजार ६० जनामा संक्रमण पुष्टि भएको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ साउन १५ शुक्रबार
Comments