काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछिको अवस्थाबारे छलफल गर्न अनौपचारिक स्थायी कमिटी बैठक बोलाइएको नेता गणेश साहले जानकारी दिए ।
यसअघि सो समूहले बुधवारै अपराह्न ४ बजे संसदीय दलको बैठक समेत बोलाएको छ । नेकपा ओली समूहले समेत बालुवाटारमा स्थायी कमिटी बैठक गरिरहेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको विघटनलाई बदर गर्दै सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।
प्रकाशित मितिः २०७७ फागुन १२ बुधबार
Comments