काठमाडौं । वेस्टइन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी-२० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको छ। निर्धारित २० ओभरमा वेस्ट इन्डिजले ३ विकेट गुमाएर २ सय ९ रन बनाएपछि नेपालले चुनौतीपूर्ण लक्ष्य पाएको हो।
वेस्ट इन्डिजको उच्च स्कोरमा आन्द्रे फ्लेचरले ८४ रनको नटआउट इनिङ खेले। त्यस्तै, जोहनसन चार्ल्सले ५८ रन बनाए। त्यस्तै, फावियन एलेनले ३३ रन बनाएका थिए। नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिँदा प्रतिश जिसीले १ विकेट लिएका थिए।
सिरिजको तीन खेलको समाप्तीमा वेस्टइन्डिज ‘ए’ ले २-१ को अग्रता बनाएको छ। त्यसैले सिरिजमा कायम रहन आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ। वेस्ट इन्डिजले जितेमा नेपालले अन्तिम खेल अगावै सिरिज गुमाउने छ।
प्रकाशित मितिः २०८१ बैशाख २० बिहिबार
Comments