काठमाडौं । भूमि व्यवस्था, सहकारी मन्त्री पद्मा अर्याल सवार यति एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । आज बिहान पौने ९ बजे उडेको यति एयरको विमान उडेको १० मिनेटमै प्राविधिक कारणले काठमाडौं विमानस्थलमै फर्केर आपतकालीन अवतरण गरिएसँगै दुर्घटनाबाट जोगिएको हो ।
काठमाडौंबाट पोखराका लागि विमानमा सवार सबै यात्रु सकुशल रहेका छन् । मन्त्री अर्याल अर्को विमान प्रयोग गरेर पोखरातर्फ गएकी छिन् ।
प्रकाशित मितिः २०७६ फाल्गुन २२ बिहीबार
Comments