काठमाडौं । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ। उनको ठाउँमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई १५ दिनको म्याद दिएर फिर्ता बोलाउने निर्णय गरेको हो। उनलाई फिर्ता बोलाउनेबारे यसअघिको बैठकमासमेत छलफल भए पनि को थियो । पौडेललाई किन फिर्ता बोलाइयो भन्नेबारे भने खुलाइएको छैन।
पौडेलको चार वर्षे कार्यकाल सकिन केही महिना मात्र बाँकी रहँदा उनलाई सरकारले फिर्ता बोलाएको हो । केपी ओली पहिलो पटक प्रधानमन्त्री छँदा चीनमा पाण्डेलाई पठाउने निर्णय भए पनि पुष्पकमल दाहाल नेतृत्वमा सरकार बनेपछि उक्त निर्णय उल्ट्याएर पौडेललाई पठाइएको थियो।
प्रकाशित मितिः २०७६ फाल्गुन १९ सोमबार
Comments