मोरङ । प्रदेश एक सरकारले करिब २३ महिनापछि मन्त्रीमण्डल विस्तार गर्ने भएको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अनुसार आइतबार चारजना मन्त्री विस्तार हुने भएका हुन्।
यसक्रममा मोरङ्गका विजय विश्वास, झापाबाट जसमाया गजमेर, इलामबाट राम राना र ओखलढुंगाबाट अम्बिर गुरुंग राज्यमन्त्रीमा नियुक्त हुन लागेका हुन्। विस्तारित हुने मन्त्रीमण्डलमा विश्वास तत्कालिन माओवादीतर्फबाट र बाँकी तीनजना एमालेबाट हुन्।
मन्त्रीका लागि विभिन्न नाम प्रस्ताव भएअनुसार मुख्यमन्त्री शेरधन राई छलफलमा नै रहनु भएको बताइएको छ। यद्धपी आज अपरान्हसम्ममा अन्तिम टुंगो लागिसक्ने बताइएको छ।
अर्कोतर्फ, हाल प्रदेश एकम सातवटा मन्त्रालयमध्ये मुख्यमन्त्री राईले भौतिक पूर्वाधार तथा भूमिकृषी तथा सहकारी मन्त्रालयको जिम्मेवारी हेर्दै आएका छन्।
त्यसैगरि, समाजिक विकास मन्त्रालय जीवन घिमिरे, वन उद्योग पर्यटन तथा वातावरण मन्त्रालय जगदीश कुसियत, आन्तरिक मामिला तथा योजना मन्त्रालय हिक्मत कार्की र आर्थिक मन्त्रालय इन्द्र आङ्बोले जिम्मेवारी वहन गर्दै आएका छन्।
प्रकाशित मितिः २०७६ माघ ०५ आइतबार
Comments