काठमाडौं । नेकपाका मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनसहित ९ नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ सरकारले बिप्लव नेतृत्वको समुहलाई प्रतिबन्धित लगाएसँगै कार्यकर्ता पक्राउ पर्न थालेका हुन् । महानगरीय प्रहरी अपराध महाशाखा, र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले शुक्रबार राति काभ्रेको खानीखोला गाउँपालिका–३ बाट उनीहरुलाई पक्राउ गरेको हो ।
वलीसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खडका पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार, नियन्त्रणमा लिइएका सबै नेता–कार्यकर्तालाई अहिले काभ्रेबाट काठमाडौं परिसर, टेकु ल्याउने तयारी भइरहेको छ ।
प्रकाशित मितिः२०७५ चैत ९ शनिबार
Comments