काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले नागरिकलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिन माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल महिला संघले नागरिकलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिन माग गर्दै आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।
मुलुकमा बढ्दो महिला तथा बालबालिका हिंसा, हत्या, बलात्कारलगायतका जघन्य अपराध नियन्त्रण गर्न माग गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत् प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाइएको छ ।
ज्ञापनपत्र बुझाउनु अघि संघले माईतीघर मण्डलादेखि बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालय अगाडिसम्म विरोध र्याली निकालेको थियो । विरोध र्यालीमा निर्मला पन्तलगायतको हत्या, हिंसा र बलात्कार नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरिएको थियो ।
प्रकाशित मितिः २०७५ असोज ७ आइतबार
Comments