काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको स्वास्थ्यमा समस्या देखिएको छ । मंगलबार दिउँसो रामेछापको मन्थलीमा खानेपानी आयोजनाको उद्घाटनका लागि त्यसतर्फ जाने क्रममा अस्वस्थ भएपछि काठमाडौं ल्याउने तयारी गरिएको छ ।
ब्लड प्रेसर लो र अक्सिजनको मात्रा कमी भएको हो । कार्यक्रम स्थलतर्फ जाने क्रममा बिच बाटोमै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो । उनलाई नर्भिक अस्पतालमा उपचारका लागि ल्याउन लागिएको बताइएको छ ।
प्रकाशित मितिः २०८१ बैशाख २५ मंगलबार
Comments