काठमाडौं ३० पुस । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेता शर्माले आफ्नो दलले कुनै पार्टीको कुनै नेतालाई प्रधानमन्त्री हुन प्रस्ताव नगरेको बताएका छन् ।
नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्उक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको कुरा सार्वजानिक भएका बेला उनले आफ्नो पार्टीले कस्रलाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको दाबी गरेका हुन् । रिपोर्टर्स क्लबमा बोल्दै आज नेता शर्माले कांग्रेसले जनादेशलाई आत्मासात् गरेर अगाडि बढ्ने भन्दै सरकारले चाँडो प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरेको बताए । पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा ल्याएको नतिजाका बारेमा छलफल गर्न केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बस्ने समेत उनले बताए ।
पार्टीलाई बलियो र सशक्त बनाएर अगाडि बढाउनका लागि गम्भीर छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन लागिएको उनले बताए । ‘पार्टीभित्र पराजयबारे गम्भीर समीक्षा गरेर नवजीवन दिने बाटोमा अगाडि बढ्नुपर्छ।’ उनले भने, ‘हामी बदलिन्छौँ, देश बदल्छौँ भन्ने दृढ इच्छा राखेर उमेरभन्दा पनि कार्यसूचीलाई प्राथमिकतामा राखेर अगाडि बढे मात्र सफल हुन्छौँ ।’
प्रवक्ता शर्माले केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार आवश्यक परे महासमिति र महाधिवेशन प्रतिनिधिको बैठक बोलाइने समेत स्पष्ट पारे ।
Comments